कुन पार्टीबाट को को बन्दैछन् मन्त्री ?-Sutra News

कुन पार्टीबाट को को बन्दैछन् मन्त्री ?

मंगलबार, ३ माघ २०७९

मंगलबार, ३ माघ २०७९
new gathabandhan

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सोमबार बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालयको टुंगो लगाएको थियो । नयाँ मन्त्रीहरूले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय र राप्रपाले तीन मन्त्रालय पाएको छ ।



आफ्नो भागमा परेका मन्त्रालयमा कसलाई पठाउने भन्ने टुंगो सबै दलहरुले लगाइसकेका छन् । एमालेबाट अध्यक्ष केपी ओलीले विमला राई पौडेललाई परराष्ट्रमन्त्री, पदम गिरीलाई स्वास्थ्यमन्त्री र भगवती चौधरीलाई महिला, बालबालिकामन्त्री तथा सर्लाहीका हरिप्रसाद उप्रेतीलाई रक्षामन्त्री बनाउने भएका छन् ।

यसअघि एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री नियुक्त भइसकेका छन् । यस्तै माओवादीबाट अध्यक्ष प्रचण्डले अमनलाल मोदीलाई संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री, सुदन किरॉतीलाई पर्यटन र रेखा शर्मालाई सञ्चार मन्त्री बनाएका छन् ।यसअघि प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् ।

यस्तै राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री, सहरी विकासमा विक्रम पाण्डे र कानुनमन्त्री ध्रुवबहादुर प्रधान बन्ने भएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, डा।तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएका छन् ।यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट