प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्न सकेनन् भन्दै लुलाले हटाए राष्ट्रपति निवासका ४० सुरक्षाकर्मी-Sutra News

प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्न सकेनन् भन्दै लुलाले हटाए राष्ट्रपति निवासका ४० सुरक्षाकर्मी

बुधबार, ४ माघ २०७९

बुधबार, ४ माघ २०७९

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जनवरी ८ मा सरकारी भवनहरू तोडफोड गर्ने प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्न असफल भएकोमा राष्ट्रपति निवासको सुरक्षामा खटिएका ४० सुरक्षाकर्मी हटाएका छन् ।



उनको निर्णय मंगलबार सरकारी राजपत्रमा प्रकाशित भएको हो । राष्ट्रपतिको निवास अल्भोराडा दरबारको सुरक्षा गर्ने सेनामध्ये केही नौसेना, वायुसेना र सैन्यीकृत पुलिस बलका सदस्यहरू पनि छन् ।

दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूको भीडले ब्राजिलियामा संसद, सर्वोच्च अदालत र संसदमा हमला गरेका थिए ।उक्त हमलाबारे प्रहरीले छानबिन गरेको छ । छानविनमा पूर्वराष्ट्रपति बोल्सोनारो र पूर्व न्यायमन्त्री पनि छानविनमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट