काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले सभामुखमा उम्मेदवारी नदिने भएको छ । बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालले सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी नदिने बताए । धुम्बाराहीमा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले देउवासँगको भेटमा सभामुख र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने विषयमा कुरा भएको बताए ।
सातदलीय सत्तागठबन्धनको भागबन्डामा सभामुख पाएको एमालेले झापा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा कुर्ने बताउको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी दर्ता दिन प्रधानमन्त्रीको धारणा कुर्ने र त्यसबेलासम्म अन्य दलसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।