मेरो जित निश्चित छ, सभामुखले निर्वाह गर्नु पर्ने भूमिकामा कमी हुन दिन्न – देवराज घिमिरे-Sutra News

मेरो जित निश्चित छ, सभामुखले निर्वाह गर्नु पर्ने भूमिकामा कमी हुन दिन्न – देवराज घिमिरे

बुधबार, ४ माघ २०७९

बुधबार, ४ माघ २०७९

काठमाडौं – प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका देवराज घिमिरेले आफूले जितेमा सभामुखले निर्वाह गर्नु पर्ने भूमिकामा कुनै कमी हुन नदिने बताएका छन् ।



बुधबार सभामुखमा उम्मेदवारी दिएर बाहिरिने क्रममा घिमिरेले सो कुरा गरेका हुन् । उनले आफ्नो जित निश्चित भएको भन्दै प्रतिनिधि सभालाई आफूले निष्पक्ष ढंगबाट चलाउने बताए ।

उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् । कांग्रेसले पनि ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट