काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताउका छन् । बुधबार सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसंगको भेटवार्ताका क्रममा मन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
उनले नागरिकताको सवै बिषयलाई एकै ठाँउमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अव गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गरिने बताए । उनले विदेशमा भएका नेपालीहरुको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए ।
नेपालमा लगानीका लागि गैर आवासिय नेपालीहरुको कानुनी र व्यवहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उनको भनाई थियो । उनले नागरिकताका बिषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पतीको हकको बिषय पनि टुङ्गिने बताए ।