लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए सपथ-Sutra News

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए सपथ

बुधबार, ४ माघ २०७९

बुधबार, ४ माघ २०७९

काठमाडौं – लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका केसी खाँडलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।



लुम्विनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड मंगलबार निर्विरोध निर्वाचित भएका थिए । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोनयन दर्ता भएको थियो । उपसभामुखमा तीन जनाको मनोनयन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट