सभामुख चयनका लागि बैठक बस्नुअघि नेता पौडेल पुगे प्रचण्ड भेट्न-Sutra News

सभामुख चयनका लागि बैठक बस्नुअघि नेता पौडेल पुगे प्रचण्ड भेट्न

बिहिबार, ५ माघ २०७९

बिहिबार, ५ माघ २०७९

काठमाडौं प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । बिहिबार नेता पौडेल प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न बालुवाटार पुगेका हुन्।



उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ । प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो। सभामुख निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने कांग्रेसको अपेक्षा थियो । तर माओवादीको समर्थनमा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार उठाएपछि कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

बुधबार कांग्रेसको पदाधिकारी बैठक चलिरहेका बेला प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सभामुखको उम्मेदवारी दिँदा छलफल गर्ने बताएका थिए । तर प्रचण्डले फोन नगरेपछि कांग्रेसले आफ्नै उम्मेदवार उठाएको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख निर्वाचनमा न्यौपानेलाई उम्मेदवार उठाएको हो । कांग्रेसले राष्ट्रपति पद पाउनको लागि निरन्तर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट