काठमाडौं – गृहमन्त्री तथा सांसद रवि लामिछानेले एमाले सांसद देवराज घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको बताएका छन् । बिहिबार सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावमा समर्थन गर्दै लामिछानेले यस्तो बताएका हु्न् ।
उनले घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको बताए । उनले भने – ‘देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक(फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नुहुन्छ भन्ने आशा राख्दछु ‘