काठमाडौं – गृहमन्त्री रवि लामिछानेले गृहमन्त्रालय र आफू विधिको शासन कायम गर्न नचुक्ने बताएका छन् । बिहिबार सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावमा समर्थन गर्दै लामिछानेले विधि र मान्यताबाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने बताए ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद संसद बैठकमा उपस्थित भएको बताएपछि त्यसको जवाफमा लामिछानेले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालय कुनै काम नथर्ने भन्दै कानूनी प्रक्रियामा कसैको दवाव र प्रभाव स्वीकार नगर्ने बताए ।
यस्तै संसदमा लामिछानेले घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको बताए । उनले भने – ‘देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक९फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नुहुन्छ भन्ने आशा राख्दछु ‘