यसकारण न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिदै-Sutra News

यसकारण न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिदै

बिहिबार, ५ माघ २०७९

बिहिबार, ५ माघ २०७९

एजेन्सी-न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन् । ‘मेरो लागि यो राजीनामाको समय हो’, उनले आफ्नो लेबर पार्टीका सदस्यहरूको बैठकमा भनिन् ।



सन् २०१७ मा आर्डेनले गठबन्धन सरकारको नेतृत्व गरेकी थिइन् । त्यसपछि उनको केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गरेको थियो  । हालैको चुनावमा उनको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखेको छ ।

आर्डेनले अर्को आम चुनाव अक्टोबर १४ मा हुने र त्यतिन्जेलसम्म उनी निर्वाचक सांसदको रूपमा जारी रहने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट