काठमाडौँ । काठमाडौंमा एक युवकले आफ्नै शरिरमा आगो लगाएका छन् । बिहिबार सुन्धारास्थित सिभिल मलको भुँइ तलामा एक युवकले आफैमाथि पेट्रोल छर्केर आगो लगाएका हुन् ।
काठमाडौँ महानगरपालिका १६ बस्ने २९ वर्षीय विसङ गुरुङले आफैलाई आगो लगाउँदा शरीरका विभिन्न भाग जलेको छ । उनले आफैलाइृ आगो लगाए लगत्तै उद्धार गरिएकोले ज्यान बचेको प्रहरीको भनाई छ ।
उनीमाथि आगो लागेपछि सिभिल मलका सुरक्षा गार्ड र अन्य स्थानीयले निभाएका थिए । ती युवकलाई कीर्तिपुरस्थित मोडेल अस्पताल लगिएको जनाइएको छ ।