काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि उनले केही महत्वपूर्ण निर्णयहरु गरेका छन् । उनले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने बताए ।
उनले अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि आफूले यो जिम्मेवारी पाएको बताए । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।