कृषि विकास बैंकले बैंकिङ प्रणालीमार्फत सहजरुपमा सेवा प्रदान गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा ‘मातृभूमि वचत खाता’ संचालनमा ल्याएको छ ।
बैंकले बैंदेशिक रोजगारीमा रहेका नेपालीका लागि धितोपत्र वोर्डले आरक्षण गरेको प्राथमिक सेयर निष्कासन आवेदन गर्न सहजीकरणका लागि उच्चतम व्याजदर प्रदान गर्ने गरी ‘मातृभूमि बचत खाता’ संचालनमा ल्याएको हो ।
बैदेशिक रोजगारीमा रहेका नेपालीले बैदेशिक रोजगार स्वीकृति पत्र तथा नेपालमा बैंक मार्फत् रकम पठाएको कागजातका अतिरिक्त नेपाली नागरिकताको फोटोकपी लगायत ग्राहक पहिचानका कागजात समावेश गरी खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
बैदेशिक रोजगारीमा गएका नेपालीले आर्जन गरेको रकम नेपालको पूँजी वजारमा लगानी गरी देशको पूँजीवजार बलियो वनाउने सरकारी नीतिमा योगदान दिन निक्षेपको यो प्रोडक्ट संचालनमा ल्याएको कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी दिए ।
उक्त खाता संचालनपश्चात बैदेशिक रोजगारीमा गएका नेपालीको लागि आरक्षण गरेको सेयर दरखास्त दिन सहज हुने र खाता खोल्ने ग्राहकहरुले अनलाइनका माध्यबाटै मेरो सेयर, डिम्याट तथा सि.आर.एन.नम्वर प्राप्त गर्नेछन् ।
बैंकले यसअघि बा-आमा वचत खाता, चेतनशील नारी वचत खाता, सम्वृद्धी वचत खाता, कृषक वचत खाता, एन.आर.एन.वचत खाता, सेयर होल्डर वचत खाता लगायतका वचत खाताका प्रोडक्ट पेपर जारी गरी निक्षेप स्वीकार गरिरहेको बैंकका विभागीय प्रमुख मिनराज पोखरेलले वताए ।