उपसभामुखमा रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ताकुमारी भीड्दै-Sutra News

उपसभामुखमा रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ताकुमारी भीड्दै

शुक्रबार, ६ माघ २०७९

शुक्रबार, ६ माघ २०७९

काठमाडौं । उपसभामुख पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुईजनाको मात्र उम्मेदवारी परेको हो ।



सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।

यस्तै नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट