काठमाडौं – प्रतिनिधि सभा उपसभामुखको लागि आज मतदान हुँदै छ । प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्न लागेको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।