काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गएको निर्वाचनमा अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकतालाई कारवाही गर्ने चेतावनी दिएका छन् । शनिवार रौतहट काठमाण्डौ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले रौटहटमा केहि नेता तथा कार्यकर्ताले समानुपातीकतर्फ घण्टीमा मत मागेको खुलेको भन्दै अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकतालाई कारवाही गर्ने चेतावनी दिए । घण्टीको प्रचार गर्नेले कारणसहित अहिले नै पार्टीमा इमान्दारीका साथ जानकारी गराउन उनले सुझाव दिए ।