काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयले पार्टीलाई नै क्षति भइरहेको बताएका छन् । आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकमा कोइरालाले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन बाध्यता परेको बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरिएको भन्दै उनले तटस्थ बसौ भने आफूले प्रस्ताव राखेको पनि पछि बाध्यता परेको बताए । उनले भने – ‘तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ , कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि बाध्यता भयो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् । नेपाली कांग्रेसमा डा।शेखर कोइराला समूहको भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको छ । आइतबार बिहानदेखि बसेको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।