सरकारबाट बाहिरिने बताउदै आइरहेको जनमत पार्टीले प्रधानमन्त्रीलाई भेट्दै-Sutra News

सरकारबाट बाहिरिने बताउदै आइरहेको जनमत पार्टीले प्रधानमन्त्रीलाई भेट्दै

आइतबार, ८ माघ २०७९

आइतबार, ८ माघ २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीसँग छलफल गर्ने भएका छन् । मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाउदै आइरहेको जनमत पार्टीले सरकारबाट बाहिरिने बताएपछि प्रधानमन्त्री प्रचण्डलाई छलफलको लागि बोलाएका हुन् ।



सरकारमा सहभागी मन्त्री अब्दुल खानले आइतबारसम्म मन्त्रालय परिवर्तन नभए सरकारबाट बाहिरिने बताएका थिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले मन्त्रालयबारे छलफल गर्नका लागि बोलाएको एक नेताले जानकारी गराए ।

यसअघि शनिवार पनि प्रधानमन्त्री प्रचण्ड र मन्त्री खानबीच छलफल भएको थियो । पार्टीका अध्यक्ष राउतले सरकारले मधेस केन्द्रित दलहरूलाई शक्ति बाँडफाँटमा कम आँकेको बताएका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माग्दै आइरहेको जनमत पार्टीले मन्त्रिपरिषद् विस्तारको क्रममा खानेपानी मन्त्रालय पाएको थियो । त्यसपछि जनमत पार्टीले मन्त्रालय बाँडफाँडलाई लिएर असन्तुष्टी जनाउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट