काठमाडौं – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमाले अनुकूलको राष्ट्रपति चुनिए संविधानका लागि खतरा हुने बताएका छन् । आइतबार कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
नेपालको संविधान जोगाउन कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भन्दै उनले निर्वाचनका सम्पूर्ण मतदातालाई कांग्रेसको पक्षमा मत दिन आग्रह गरे । उनले भने संविधानको रक्षाका निम्ति राष्ट्रपतिका लागि हुने निर्वाचनका सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको पक्षमा मत दिन अनुरोध गर्छौं।
गठबन्धनले फेरि सम्झौता अनुसार त्यस्तै स्मेल बनाउने गरी अगाडि बढेमा त्यो नेपालको संविधानका लागि खतरा हुने बताए । कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुगे संसदलाई समन्वय गर्न सक्नेमा उनले जोड दिए ।