१७ वर्षीया छोरीलाई बलिउडमा डेब्यु गराउँदै रविना टण्डन-Sutra News

१७ वर्षीया छोरीलाई बलिउडमा डेब्यु गराउँदै रविना टण्डन

आइतबार, ८ माघ २०७९

आइतबार, ८ माघ २०७९

काठमाडौं पछिल्लो समय बलिउडका चर्चित कलाकारका छोराछोरी फिल्ममा डेब्यु गरिरहेका छन् । यस्तै बलिउडकी चर्चित अभिनेत्री रविना टण्डनले पनि छोरीलाई फिल्ममा डेब्यु गराउँदैछिन् ।



भारतिय मिडियाका अनुसार रविनाले आफ्नी छोरी राशा थडानीलाई बिलउडमा डेब्यु गर्ने तयारी थालेकी हुन् । भर्खरै १७ वर्षीया राशा निर्देशक अभिषेक कपूरको आगामी फिल्ममा उनले मुख्य भुमिका निभाउने बताइएको छ ।

अभिषेक कपुरले यो प्रोजेक्टमा काम सुरु गरिसकेका छन् । फिल्मको नाम भने फाइनल भइनसकेको बताइएको छ । फिल्ममा अजय देवगनका भतिजा अमन देवगन पनि देखिने र यसै फिल्ममार्फत बलिउडमा प्रबेश गर्ने बताइएको छ ।

यस फिल्ममा अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । निर्देशक अभिषेकले हालसम्म सुशान्त सिंह राजपूत, फरहान अख्तर, राजकुमार राव, सारा अलि खान लाई बलिउडमा ल्याइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट