अमेरिकामा लस एन्जलिसनजिकै गोली चल्यो, १० जनाको मृत्यु-Sutra News

अमेरिकामा लस एन्जलिसनजिकै गोली चल्यो, १० जनाको मृत्यु

आइतबार, ८ माघ २०७९

आइतबार, ८ माघ २०७९

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा लस एन्जलिसनजिकै एउटा व्यापारिक भवनको‌ परिसरमा सन्दिग्ध आक्रमणकारीले गरेको गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।



मन्टरे पार्कमा शनिवार स्थानीय समयानुसार राति १०:२० बजेबाट गोलीबारी सुरु भएको हो।

चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलामा त्यसअघि त्यहाँ हजारौँ मानिसहरू भेला भएका थिए।

प्रहरीले बन्दुक हमलामा थप १० जना घाइते भएको र तिमध्ये अस्पतालमा केहीको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट