मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् ।
आज पार्टी अध्यक्षले दुवैलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । नयाँ सांसद थपिएसँगै मधेश प्रदेश सभामा जसपाको सांसद संख्या १८ पुगेको छ ।