काठमाडौं – उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनीयताको शपथ लिँदैछिन् । सोमबार अपरान्ह ५ बजे शीतल निवासमा सभामुख देवराज घिमिरेलेले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।
शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ रहेकी राना सत्तागठबन्धनको समर्थनमा उपसभामुख बनेकी थिइन् । उपसभामुखमा निर्वाचित भएपछि उनले आइतबार पार्टीको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी थिइन् ।