आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी-Sutra News

आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने भएको छ । आइतबार केन्द्रीय कार्यालय बसुन्धरामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले देशभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो ।



पार्टीका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गर्ने र चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिने जनाइएको छ । प्रवक्ता ढकालका अनुसार जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी गरिएको छ । माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुने र प्रदेश समिति पुनर्गठन गर्ने तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट