साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना-Sutra News

साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौं, ९ माघ । नेपालको पश्चिमी क्षेत्रमा साेमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  पश्चिमी निम्न चापीय प्रणालीका कारण साेमबार रातिबाट  नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको छ ।



माहाशाखाका अनुसार साेमबार साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने र जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुने छ ।

मंगलबार दिउँसोदेखि हिमपात र वर्षा हुने अनुमान पनि गरिएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना देखिएको छ भने दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल काठमाडौं उपत्यकाको मौसम भने सफा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट