राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय-Sutra News

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पार्टीले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।



बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरूसँग छलफल गर्ने र समर्थन माग्ने पनि निर्णय गरेको उनले बताए । काँग्रेसका प्रवक्ता प्रशकाशरण महतले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए ।

उनले भने – ‘निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने छौँ । माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने पर्छ ।’यसअघि कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमा पनि उम्मेदवार उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट