काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा। मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्री श्रेष्ठलाई प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका छन्।
योजना आयोगको उपाध्यक्ष श्रेष्ठ यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारको कार्यकालमा योजना आयोगका उपाध्यक्ष रहेका थिए ।उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पनि हुन् ।