पर्यटनमन्त्री किरातीले गरे नेपाल वायु सेवा निगमको निरीक्षण, दिए यस्तो निर्देशन-Sutra News

पर्यटनमन्त्री किरातीले गरे नेपाल वायु सेवा निगमको निरीक्षण, दिए यस्तो निर्देशन

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए ।



साथै एक महिनाभित्र  इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए । साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट