आज ३ अर्ब ८६ करोडमाथीको सेयर कारोबार-Sutra News

आज ३ अर्ब ८६ करोडमाथीको सेयर कारोबार

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौं – सेयर बजार सोमबार घटेको छ । नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ । साथैै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ । आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ ।



यस्तै,आज कुमारी बैंककोे सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको २७ करोडभन्दा बढीको सेयर बिक्री भएको छ र एनआइसिएसिया बैंकको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त बित्तीय संस्था, सानिमा जिआईसी बिमा, कुमारी बैंक,  स्ट्यान्डर्ड चार्टर्ड बैंक, समृद्धि फाइनान्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, कुल ४१ कम्पनीमा उकलो लागेको छ भने १६६ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी भने स्थीर रहेको छ । आज १३ उप सुचकहरु मध्ये बैंकीङ र म्युचुअल फण्ड बाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट