जनकपुरधाम घटना : प्रहरीले वास्ता नगरेको भन्दै प्रदर्शन, गृहमन्त्री लामिछानेको राजीनामा माग-Sutra News

जनकपुरधाम घटना : प्रहरीले वास्ता नगरेको भन्दै प्रदर्शन, गृहमन्त्री लामिछानेको राजीनामा माग

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौं – भारतको सीतामढीको बेला थानास्थित पर्सामा दुई नेपाली युवकको शव फेला परेपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन् । दुई साता अघिदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साह आइतबार मृत अवस्थामा फेला परेका थिए ।



सीतामडीस्थित आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको आफन्तको भनाई छ । घटनाको बारेमा बताउँदा समेत प्रहरीले वास्ता नगरेको बताउदै अहिले पीडित पक्षले आन्दोलन गरेका छन् ।

आन्दोलनको क्रममा आफन्त तथा स्थानीयले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । सम्पर्कविहीन भएपछि प्रहरीले वास्ता नगरेका कारण यस्तो घटना घटेको आफन्तको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट