उपसभामुख इन्दिरा राना मगरले लिइन् शपथ-Sutra News

उपसभामुख इन्दिरा राना मगरले लिइन् शपथ

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौं – उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनीयताको शपथ लिँएकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेलेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उपसभामुख मगरले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिएकी हुन् ।



राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ रहेकी राना सत्तागठबन्धनको समर्थनमा उपसभामुख बनेकी थिइन् । उपसभामुखमा निर्वाचित भएपछि उनले आइतबार पार्टीको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट