प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्रीबीच भेटवार्ता-Sutra News

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्रीबीच भेटवार्ता

मंगलबार, १० माघ २०७९

मंगलबार, १० माघ २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट गर्न मुख्यमन्त्री अधिकारी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।



उक्त भेटवार्तामा गण्डकी प्रदेश सरकारको विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

गण्डकी प्रदेश सरकार विस्तारको तयारी भइरहेको बेला प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री दाहालसँग लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट