नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुँदै-Sutra News

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुँदै

मंगलबार, १० माघ २०७९

मंगलबार, १० माघ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता हुने भएको छ । यी दुई पार्टीबीच पार्टी एकता बारे छलफल गर्न बैठक मंगलबार दिउँसो २ बजे बोलाइएको छ ।



पार्टी एकताको लागि वार्तामा नेकपा माओवादी केन्द्रको तर्फबाट संयोजक कृष्णबहादुर महरा सहितका नेता छन् भने नेपाल समाजवादी पार्टीका तर्फबाट गंगानारायण श्रेष्ठ सहितका नेता रहेका छन् ।

उनीहरुबीच आज पनि छलफल हुने भएको हो । पार्टी एकताको बिषयमा सकरात्मक वातावरण बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट