काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । मंगलबार गृहमन्त्री लामिछानेलाई भेट गर्न थम्पसन गृहमन्त्रालयमा पुगेका थिए ।
उनीहरुबीचको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा पनि छलफल भएको छ ।