काठमाडौं – नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो आफ्नो पार्टीको सम्पर्कमा नरहेको बताउका छन् । मंगलबार संसदको बैठकमा बोल्दै महासेठले यस्तो बताएका हुन् । उनले
महतो आफ्नो पार्टीको सम्पर्कमा नरहेको भन्दै गृह प्रशासनलाई पक्राउ गर्न चुनौती दिए । उनले प्रहरीले हिरासतमा लिएको भए सार्वजनिक गर्नु पनि माग पनि गरे । उनले के महत्तो अपराधी नै हुन त भन्दै प्रश्न गरे । ‘लक्ष्मी महतोको चर्चा छ। धेरै कुरा उठाउनुभयो। अपराधी भन्ने शब्द पनि उठाउनुभयो’ महासेठले भने,’उहाँ यही सदनमा हुनुहुन्छ प्रहरी प्रशासनले किन पक्रेन भन्ने प्रश्न पनि उठाइयोरु के लक्ष्मी महतो अपराधी नै हुन् त ?’
उनले महतोलाई पक्राउ गर्न एमालेबाट कु्नै वाधा नहुने पनि बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सम्मान गरेको महतोलाई अहिले प्रश्न गर्नु ठिक नहुने बताए ।अहिलेसम्म अदालतले लक्ष्मी महतोलाई दोषी करार नगरेको भन्दै महोत्तरीको गाउँमा लक्ष्मी पूजामा झै उहाँलाई पूजा गरिने पनि बताए ।