बाजुरामा ५.९ म्याग्नेच्युडको भूकम्पको धक्का-Sutra News

बाजुरामा ५.९ म्याग्नेच्युडको भूकम्पको धक्का

मंगलबार, १० माघ २०७९

मंगलबार, १० माघ २०७९

काठमाडौं – बाजुरामा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



भूकम्प जाँदा सुदूरपश्चिम लगायत अन्य प्रदेशमा पनि महसुस गरिएको जनाइएको छ । भूकम्प जाँदा बाजुराका स्थानीय घरबाट बाहिर निस्किएका थिए । क्षतिको विवरण भने अहिलेसम्म केही थाहा नभएको त्यहाँका स्थानीयढले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट