प्रेम आचार्यको निधनले गृहमन्त्री लामिछाने दुखी, भने – ‘यसमा हामी दोषी छौं, म दोषी छु, माफ गर्नुहोला’-Sutra News

प्रेम आचार्यको निधनले गृहमन्त्री लामिछाने दुखी, भने – ‘यसमा हामी दोषी छौं, म दोषी छु, माफ गर्नुहोला’

बुधबार, ११ माघ २०७९

बुधबार, ११ माघ २०७९

काठमाडौं – गृहमन्त्री रवी लामिछानेले इलामका प्रेम आचार्यको निधनप्रति दु्ख व्यक्त गरेका छन् । मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको छ । उनको निधनमा दुखी हुँदै रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेले सामाजिक मार्फत यसमा आत्मदाहको निर्णय फेर्न नसक्दा आफूहरुलाई दुख लागेको बताएका छन् ।



उनले भने – ‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। ‘

आत्मदाहको निर्णय फेर्न नस्कदा यसमा आफूहरु नै दोषी रहेको बताउदै लामिछानेले आत्माले चिर शान्ति पाओस् भन्दै परिवारलाई पिडा सहने शक्ति मिलोस् भनेका छन् ।

उनले भने – ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट