कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो, आज मन्त्रिपरिषद विस्तार-Sutra News

कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो, आज मन्त्रिपरिषद विस्तार

बुधबार, ११ माघ २०७९

बुधबार, ११ माघ २०७९

काठमाडौं कर्णालीमा सत्तारुढ दलको बैठकले भाग वण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको हो । नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।



एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो  । यी मन्त्रालयमा जाने मन्त्रीको सपथ आज हुने जनाइएको छ। मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा मन्त्रीमण्डलले पूर्णता पाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट