प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेको आज एक महिना पूरा-Sutra News

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेको आज एक महिना पूरा

बुधबार, ११ माघ २०७९

बुधबार, ११ माघ २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको आज एक महिना पुगेको छ । एक महिनाअघि माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए ।



प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेको आज एक महिना पुगेको हो । प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेपछि २९ दिनमा २१ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाटै सरकारका कामकाज गरिरहेको प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा बसेर शासन गर्नुले सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमा भनेका थिए सम्माननीय प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेको भोलि एक महिना पुग्दैछ। पदभार ग्रहणपछिका २९ दिनमध्ये ४ दिन शनिबार थिए, १ दिन सार्वजनिक विदा थियो, १ दिन शोक विदा दिइयो। बाँकी २३ दिनमध्ये उहाँ २१ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाटै सरकारका कामकाज गरिरहनुभएको छ। रूप पक्षबाट हेर्दा विषय सामान्य लाग्न सक्छ। तर, सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सिंहदरबारबाटै सरकार सञ्चालन गर्ने कुरा त्यस्तो बिज हो, जुन बिज एकदिन फल्नेछ, फुल्नेछ। र, अघिल्लो कार्यकालभन्दा गुणात्मक परिणाम दिन सफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट