गण्डकीका नव नियुक्त मन्त्रीहरुले गरे पदबहाली, को-को बने मन्त्री ?-Sutra News

गण्डकीका नव नियुक्त मन्त्रीहरुले गरे पदबहाली, को-को बने मन्त्री ?

बुधबार, ११ माघ २०७९

बुधबार, ११ माघ २०७९

काठमाडौं – गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले बुधबार आ–आफ्नो मन्त्रालयमा पदबहाली गरेका छन् । मंगलबार साझँ मुख्यमन्त्री खगराज अधिकारीले तीन मन्त्री थप गरेका थिए । यसअघि नियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएपछि ती मन्त्रीहरुले आज बिहानपदभार ग्रहण गरेका हुन् ।



भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले आज पदबहाली गरेका हुन् ।

यस्तै मंगलबार नै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ र कृषि तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले पदबहाली गरेका थिए । गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सुरुमा चार सदस्सीय मन्त्रिमण्डल गठन गरेपनि कार्य विभाजन गरेका थिएनन् । अधिकारी नेकपा एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक गरी ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट