जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्छु – सहरी विकासमन्त्री पाण्डे-Sutra News

जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्छु – सहरी विकासमन्त्री पाण्डे

बुधबार, ११ माघ २०७९

बुधबार, ११ माघ २०७९

काठमाडौं – सहरी विकासमन्त्री विक्रम पाण्डेले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताएका छन् । बुधबार चितवनमा मिडिया नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा गरेका हुन् ।



सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आफूलाई यो जिम्मेवारी दिएको बताउँदै उनले पार्टीले दिएको जिम्मेवारी र जनताको आशा नमर्ने गरी काम गर्ने बताए । उनले भने -“निर्वाचनमा आफूले बोलेका योजना मात्रै होइन ७७ वटै जिल्लामा भइरहेका योजना र गर्नुपर्ने योजना जनताको अपेक्षा अनुसार काम हुन्छ ।”

आफूले मन्त्रालय सम्हाल्न नपाउँदै स्वार्थ बाँझिने मन्त्रालयको जिम्मा दिएको भनेर टिक्काटिप्पणी भएको भन्दै उनले कुनै स्वार्थ नबाझिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट