काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको छ ।
आजको बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।
आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयासका बारेमा पनि छलफल हुने जनाइएको छ ।