प्रचण्डलाई भेट गर्न बालुवाटार पुगे केपी ओली-Sutra News

प्रचण्डलाई भेट गर्न बालुवाटार पुगे केपी ओली

बिहिबार, १२ माघ २०७९

बिहिबार, १२ माघ २०७९

काठमाडौं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।



प्रधानमन्त्रीलाई भेट्न बिहीबार बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपति, उपपराष्ट्रपति चयनका विषयमा देखिएका अविश्वासका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री र ओलीबीच अविश्वास पैदा भएको भनिएका बेला बिहीबार भेटवार्ता भएको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाएसँगै बालुवाटार आउजाउ गरिरहेका ओली बिहीबार पुगेर राजनीतिक तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट