केएल र अथियाको जोडीलाई करोडौंको उपहार-Sutra News

केएल र अथियाको जोडीलाई करोडौंको उपहार

बिहिबार, १२ माघ २०७९

बिहिबार, १२ माघ २०७९

एजेन्सी – क्रिकेटर केएल राहुल र अभिनेत्री अथिया शेट्टी गत सोमबार वैवाहिक जीवनमा बाँधिए । जोडीको वैवाहिक फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो जोडीले विवाहमा करोडौं रुपैंयाँको उपहार पाएका छन् । उनीहरुको उपहारको कुल मूल्य यति धेरै छ कि त्यति पैसा कमाउन जोकोहीलाई जुगौं लाग्छ ।



अथिया र केएलले परिवार, साथीभाई र आफन्तबाट बिलासी उपहार पाएका छन् । उनीहरुलाई अभिनेता सलमान खानले १ दशमलब ६४ करोड रुपैंयाँको ओडी कार दिएका छन् । अथियाका अभिनेता पिता सुनील शेट्टीले एक लेविश अपार्टमेन्ट दिएका छन् । जसको मूल्य करिब ५० करोड रुपैंयाँ पर्छ ।

त्यस्तै सुनीलको मिल्ने साथी ज्याकी श्राफले ३० लाख रुपैंयाँको घडी उपहार दिएका छन् । अथियाको नजिकका साथी अर्जुन कपूरले डायमण्ड ब्रासलेट दिएका छन् । जसको मूलय डेढ करोड पर्छ ।

त्यस्तै क्रिकेटर केएललाई अर्का क्रिकेटर विराट कोहलीले २ दशमलब १७ करोड रुपैंयाँको बीएमडब्ल्यू कार दिएका छन् । महेन्द्र सिंह धोनीले केएललाई ८० लाख रुपैंयाँको कावासाकी निन्जा बाइक दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट