एकपछि अर्का नेता पार्टिमा प्रबेश गराउँदै माधव नेपाल, घनश्यामलाई महासचिव दिने तयारी-Sutra News

एकपछि अर्का नेता पार्टिमा प्रबेश गराउँदै माधव नेपाल, घनश्यामलाई महासचिव दिने तयारी

बिहिबार, १२ माघ २०७९

बिहिबार, १२ माघ २०७९

काठमाडौं – एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पछिल्लो समय पार्टीमा एकपछि अर्का नेताहरु प्रबेश गराउने तयारीमा लाइरहेका छन् । केही समयअघि नेकपा एमालेका नेता घनश्याम भुसाललाई पार्टीमा प्रबेश गराएका अध्यक्ष नेपाल अहिले वामदेव गौतमलाई आफ्नो पार्टीमा ल्याउने तयारीमा छन् । मंगलबार अध्यक्ष नेपालले नेता गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका थिए ।



एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमै भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका थिए । अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिएका थिए ।

भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि  एकीकृत समाजवादीका दस्तावेज प्रदान गरेका छन् । दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाववादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने बताएका थिए ।एसमा प्रबेश गरेपछि केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएको थियो ।

अहिले भुसाललाई पार्टी महासचिव बनाउने तयारी थालिएको पनि बताइएको छ । भुसाललाई महासचिव बनाउनेगरी छलफल अघि बढेको एक नेताले बताएका छन् । अब माघ २१ र २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट