राष्ट्रपति पद कांग्रेसको उम्मेदवारलाई दिनुपर्छ, बल्ल राजनीतिमा सन्तुलन ल्याउँछ – महामन्त्री थापा-Sutra News

राष्ट्रपति पद कांग्रेसको उम्मेदवारलाई दिनुपर्छ, बल्ल राजनीतिमा सन्तुलन ल्याउँछ – महामन्त्री थापा

बिहिबार, १२ माघ २०७९

बिहिबार, १२ माघ २०७९

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने बताएका छन् । बिहिबार कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए । पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने उनले बताए । उनले यदि यस्तो भएमा राजनीतिमा सन्तुलन ल्याउँने बताए । उनले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट