काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पुष्प खड्काले व्रतबन्ध गरेका छन्। बिहिबार अभिनेता खड्काले ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका हुन् । उनले जन्मघर कैलालीबाट आफ्नो व्रतबन्ध गरेका हुन्।
व्रतबन्धमा उनले कपाल भने खैरिएनन् । एक दुई दिनमै फिल्मको सुट भएका कारण कपाल नखौरिएको उनले बताएका छन् । व्रतबन्धमा थोरै ब्लेड मात्र लगाएको उनले बताए । व्रतबन्धपछि उनले अब छिट्टै नै विवाह गर्न लागेको चर्चा पनिज चल्न थालेको छ ।