डोनल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले लगाएको प्रतिबन्ध हट्यो, अब संजालमा फर्कन पाउने-Sutra News

डोनल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले लगाएको प्रतिबन्ध हट्यो, अब संजालमा फर्कन पाउने

बिहिबार, १२ माघ २०७९

बिहिबार, १२ माघ २०७९

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रंपलाई फेसबुक र इन्स्टाग्रामले लगाएको प्रतिबन्ध हटाएको छ ।



सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि पदासीन राष्ट्रपति ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चित कालका लागि निलम्बन गरिएको थियो।

सो घोषणासँगै भूतपूर्व अमेरिकी राष्ट्रपति ती सामाजिक सञ्जालमा फर्किन पाउने बीबीसीले जनाएको छ ।

ट्रम्पले पुनः राष्ट्रपति पदको प्रतिस्पर्धामा सहभागी हुने तयारी गरिरहेका छन्। उनलाई फेसबुकमा फिर्ता हुने बाटो खोलिदिन रिपब्लिकनहरूले दबाव दिइरहेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट