बैंक खातामा एक्कासी आयो १४ करोड, गाडी र घर किनेपछि जेलमा-Sutra News

बैंक खातामा एक्कासी आयो १४ करोड, गाडी र घर किनेपछि जेलमा

बिहिबार, १२ माघ २०७९

बिहिबार, १२ माघ २०७९

अमेरिकाको लुजियानाकी एक युवतिको खातामा एक्कासी खातामा १२ लाख ५ हजार ६ सय १९ अमेरिकी डलर जम्मा भएपछि उनी आश्चर्यमा परिन् ।



३३ वर्षीया केलिन स्पाडोनीको खातामा सो करम जम्मा भएपछि उनले सो रकमलाई सदुपयोग गर्न खोज्दा उल्टै प्रहरीको फन्दामा परेकी छन् । उक्त रकम नेपालीमा झन्डै १४ करोड हुन आउँछ ।

न्यू ओल्र्यान्डको आपतकालिन सेवामा फोन डिस्प्याचरको काम गर्ने उनको खातामा ८२ डलर जम्मा गर्न खोज्दा झुक्किएर ७ अंकको रकम उनको खातामा जम्मा भएको थियो ।

केलिनले उक्त रकम कसको हो, किन र कसरी आफ्नो खातामा आयो भन्ने जान्न चाहिनन् त्यसको सट्टा उनले सो रकम तत्कालै आफ्नो अर्को खातामा सारिन् ।

त्यो पैसाबाट लगत्तै उनले उनल नयाँ घर र गाडी पनि खरिद गरिन् । चाल्र्स श्वाब कोर्पोरेशनले बैंकमार्फत् पैसा फिर्ता ल्याउन प्रयास गर्दा उनले त्यसको ७५ प्रतिशत रकम खर्च गरिसकेकी थिइन् । त्यसपछि केलिन सम्पर्कबिहीन नै भइन्। कम्पनीले पठाएको इमेल, फोन, मेसेजको उनले जवाफ नै फर्काइनन् ।

गल्तीले उनको खातामा पुगेको रकम फिर्ता गर्न नमानेपछि कम्पनीले उनीविरूद्ध प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा ठगी तथा चोरी गरेको आरोपमा उनलाई अप्रिल ७ मा पक्राउ गरिएको छ। सोही दिन उनलाई ९११ डिस्प्याचरको जागिरबाट बर्खास्त पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट