काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।
बिहीबार बोलाइएको स्थायी समिति बैठकमा पदाधिकारी थप्ने प्रस्ताव लैजान लागिएको थियो ।
नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापकोटालाई महरापछिको मर्यादाक्रममा राख्ने गरी उपाध्यक्ष बनाउन लागिएको हो ।